इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा

लोकपथ
63
Shares

काठमाडौं । इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीवार एक विशेष कार्यक्रमका बीच काठमाडौंको नक्शालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

विगत लामो समयदेखि दुई पाङ्ग्रे सवारी बिक्री वितरण गर्दै आएको कम्पनीले हाल चार पाङ्ग्रे सवारी साधनको लागी अत्याधिक सेवा सुबिधा दिलाउने उद्देश्य लिई उक्त शोरुम सञ्चालनमा ल्याएको जानकारी दिएको छ । ईभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तराष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो ।

यसले हाल वीलिङ मोटर्स अन्र्तगत पिटी एसजीएमडब्लू मोटर्स ईन्डोनेसियाको लागी उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै ईन्डोनेशियामा निर्मित चार सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको विलिङ एअर ईभी कारलन्च गरेको छ ।

इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका छन् । २०० देखि ३०० किलोमिटर माईलेज रहेको ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ बर्ष वारेन्टी सुविधा रहेको विलिङ ईभी टेस्ला संसारकै सबैभन्दा बढी बिक्रि हुने दोस्रो नम्बरमा रहेको कम्पनीको दाबी छ ।

अब नेपालभरी नै ईभी नेपाल मोर्टस् (बज्र ग्रुप)ले डीलर सञ्जाल बढाएर बिक्रि वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडी ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुबिधाजनक, आरामदायी र भरपर्दो रहेको छ ।

नेपाललाई धुवाँधुलो रहित बनाउने सोचका साथ अघि बढेको इभी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । नक्शालमा रहेको उक्त शोरुम बिहान साढे ९ बजेदेखि बेलुका साढे ६ बजेसम्म खुल्ला रहने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?