ब्राजिलियन फुटबल स्टार नेयमारको पाँच रोचक तथ्य

लोकपथ
234
Shares
Brazil’s Neymar celebrates after scoring against Venezuela during the Conmebol Copa America 2021 football tournament group phase match at the Mane Garrincha Stadium in Brasilia on June 13, 2021. (Photo by NELSON ALMEIDA / AFP) (Photo by NELSON ALMEIDA/AFP via Getty Images)

नेयमार दा सिल्भा सान्तोस जुनियर, फुटबल जगतको उत्कृष्ट फरवार्डहरू मध्ये एक हुन् । फुटबल जगतमा ब्राजिलियन फुटबलरहरुले धेरै सफलता हात पारेका छन् । विश्वका दुई उत्कृष्ट फुटबल क्लबमा नेयमारले खेलिसकेका छन् । र उनी हाल पीएसजीमा आवद्ध छन् । नेयमारले आफ्नो क्यारियरमा धेरै सफलता हासिल गरेका छन् ।

नेयमारले सन् २००९ मा स्थानीय क्लब सान्तोसबाट खेल्दै आफ्नो करियर शुरु गरेका थिए । उनी २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आए । उनले २०१४-०१५ सिजनमा क्याटालान्ससँग ट्रेबल (लिग उपाधि, कोपा डेल रे र च्याम्पियन्स लिग) जितेका थिए । नेयमारले १८ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

ब्राजिलियन स्टार नेयमारका पाँच तथ्य यस्ता छन् : 

१. एजेन्ट नै बुबा

स्टार खेलाडी नेयमार आफ्नो परिवारद्वारा निर्देशित छन् । उनको मैदानबाहिरका हरेक निर्णय उनका बुबाले गर्दछन् । उनका बुबा, नेयमार सन्टोस सिनियर, उनको एजेन्ट हुन् ।

२. नेयमारको आँखाको ट्याटु

नेयमारकी आफ्नी बहिनी राफेल बेक्रनले नेयमारको आँखाको ट्याटु खोपेकी छिन् । राफेल बेक्रनले आफ्नो अनुहारमा खोपेको ट्याटुमा नेयमारको आँखा बनाइएको छ ।

३. जन्म दिनमा एक सय गोल

नेयमारले २०१२ मा २० औं जन्म दिन मनाएका थिए । सोहि दिन उनले आफ्नो फुटबल यात्रामा एक सय गोल पूरा गरेका थिए ।

४. अभिनयका लागि अफर

जुन २०१६ मा विन डीजलले नेयमारलाई एक्सन फिल्म रिटर्न अफ एक्सजेनदर केजमा उनीसँग अभिनय गर्ने बताएका थिए । उनी स्वयं नेयमारसँग खेल्न आएका थिए । फिल्ममा सामुएल एल ज्याक्सनद्वारा अभिनित पात्रले राष्ट्रिय सुरक्षा एजेन्सीमा सहभागी हुनका लागि नेयमारलाई अनुबन्ध गर्ने कोशिस गरेको थियो ।

५. ओलम्पिक इतिहासमा सबैभन्दा छिटो गोल

नेयमारले २०१६ को समर ओलम्पिकमा होन्डुरसविरुद्ध ब्राजिलको सेमिफाइनल खेलमा ओलम्पिक इतिहासमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाए । नेयमारले १४ सेकेन्डमा गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?