प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम महोत्सवको उद्घाटन, १५ किलोको माला लगाएर स्वागत

लोकपथ
26
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन्। देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन गरेका हुन्।

यस्तै महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ। १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।

२१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि देउवालाई १५ किलोको माला लगाइएको हो। २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?