कतार विश्वकप : रोनाल्डो र मेस्सीको फाइनलमा होला त भेट ?

कतारमा जारी विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । आठ टोली क्वाटरफाइनलमा पुगेका छन् । अर्जेन्टिना, नेदरल्यान्ड्स, क्रोएसिया, ब्राजिल, इङ्ल्यान्ड, फ्रान्स, मोरक्को र पोर्चुगलका टोली विश्वकपको अपाधि आफ्नो पोल्टामा पार्ने दाउँमा छन् ।

अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ । योसँगै पोर्चुगल पहिलो पटक फाइनलमा स्थानका लागि संघर्ष गरिरहेको छ ।

अर्जेन्टिना र पोर्चुगल आफ्ना खेल जित्दै अगाडी बढ्दा, फ्यानहरू भने मेस्सी र रोनाल्डोको सम्भावित भिडन्तको कल्पना गर्न थालेका छन् । फाइनलमा अर्जेन्टिना र पोर्चुगलको टोली आमने सामनले हुने फ्यानहरुको विश्वास छ ।

विश्वका दुई महान् खेलाडी मेस्सी र रोनाल्डो फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको फाइनलमा आमनेसामने हुँदा त्यसको रोमाञ्चकता अनुमान मात्रै गर्न सकिन्छ । तर यो कसरी सम्भव छ त ? आज हामी त्यसको नक्शांकन गर्छौं ।

पोर्चुगल टोली प्रि–क्वार्टरफाइनलमा कसरी पुग्यो ?

पोर्चुगलले घानालाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ । त्यसपछि उसले उरुग्वेलाई २–० ले हराएको थियो । दक्षिण कोरियासँग १–२ ले पराजित भए पनि ६ अंकका साथ अन्तिम १६ मा पुग्यो ।

कसरी पुग्यो अर्जेन्टिनाको टोली प्रि क्वाटरफाइनल ?

पहिलो खेलमा साउदी अरेबियासँग १–२ ले पराजित भएपछि लियोनल मेस्सीको टोलीले पुनरागमन गरेको थियो । अर्जेन्टिनाले मेक्सिको र पोल्याण्डविरुद्ध प्रभावशाली जित हासिल गरेको थियो । अर्जेन्टिनाले मेक्सिकोलाई २–० र पोल्याण्डलाई २–० ले हराएको थियो । समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिना ६ अंकसहित प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

पोर्चुगलको टोली कसरी पुग्यो क्वाटरफाइनल ?

पोर्चुगलले समूह चरणको पहिलो खेलमा घानालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै उरुग्वे विरुद्धको खेलमा पोर्चुगल २ गोलले विजयी बन्यो । दुई खेल जितेर नक आउट चरणमा स्थान बनाएको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा भने हार व्यहोरेको थियो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग २–१ गोल अन्तरले पराजित भयो । त्यसपछि भएको नक आउट चरणको खेलमा स्वीट्जरल्याण्डविरुद्ध पोर्चुगलले शानदार जित हात पार्यो । स्वीट्जरल्याण्डको पोस्टमा पोर्चुगलले आधा दर्जन गोल वर्षाउँदा स्वीट्जरल्याण्डले १ गोल फर्काएको थियो ।

Lionel Messi vs Cristiano Ronaldo: Who had a better World Cup 2022 group stage?

क्वाटरफाइनलमा पोर्चुगल र अर्जेन्टिना कोसँग भिड्दैछन् ?

पोर्चुगलले अफ्रिकी टोली मोरक्कोसँग खेल्नेछ । मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा पोर्चुगलसँगको भेट पक्का गरेको थियो । त्यस्तै, अर्जेन्टिनाको टोलीले नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ ले हराएको थियो ।

सेमिफाइनलमा होला त पोर्चुगल र अर्जेन्टिनाको पल्ला भारी ?

यदि पोर्चुगल सेमिफाइनलमा पुग्यो भने उसले इंग्ल्याण्ड वा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग खेल्नेछ । यससँगै अर्जेन्टिनाको टोलीले सेमिफाइनलमा क्रोएसिया वा ब्राजिलसँग खेल्न सक्नेछ ।

FIFA World Cup 2022: Ronaldo, Messi, Neymar's Last Dance

कतार विश्वकप फाइनलमा होला त रोनाल्डो र मेस्सीको भेट ?

अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिल वा क्रोएसियामध्ये कुनै एकलाई जित्यो भने फाइनलमा पुग्ने छ । त्यस्तै यता फ्रान्स वा इङ्ल्यान्डलाई हराएमा पोर्चुगल पनि उपाधिको यात्रामा पुग्ने छ । अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिल वा क्रोएसियामध्ये कुनै एकलाई हराए र पोर्चुगलले फ्रान्स वा इङ्ल्यान्डलाई हराएमा फाइनलमा रोनाल्डो र मेस्सीको भेट हुनेछ ।

रोनाल्डो र मेस्सी दुबै खेलाडीले अहिलेसम्म विश्वकप उचाल्न पाएका छैनन् । मेस्सीले २०१४ को विश्वकप फाइनल खेल्न पाए । रोनाल्डोले त त्यही मौका पनि पाएका छैनन् । रोनाल्डो र मेस्सीले एकार्काको करियर, विरासत र एक दशकभन्दा बढी समयदेखि फुटबलको संसारलाई परिभाषित गरेका छन् । उनीहरु दुबैले विश्वका चर्चित फुटबल उपाधिहरु जितिसकेका छन् । तर दुबैले आफूले देशका लागि विश्वकप भने जित्न सकेका छैनन् ।

कतार विश्वकप २०२२ यी दुबै स्टारलाई जीवनकै सबैभन्दा ठूलो ट्रफी जित्न सक्ने अन्तिम मौकाको रुपमा रहेको छ । किनभने रोनाल्डो र मेस्सी दुबैको यो अन्तिम पटक खेल्ने विश्वकप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?