जनमत पार्टीको केन्द्रीय समिति बैठक शुरू

लोकपथ
39
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको छ । कोटेश्वरस्थित एक होटलमा शुरू भएको बैठकमा निर्वाचन समीक्षा, समानुपातिक सूची र पार्टीको अगामी रणनीतिबारे छलफल हुनेछ ।

गएको ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेपछि यो पार्टीको चर्चा चुलिएको छ । साथै समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएको छ ।

पछिल्लो केही समययता यो पार्टीका अध्यक्ष राउत सत्तागठबन्धनसहित अन्य सबै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?