अटो व्यवसायीहरुले दिए माइतीघरमा धर्ना (फोटोफिचर)

लोकपथ
39
Shares

काठमाडौं । बिहीवार (आज) अटो व्यवसायीहरुले माइतीघरमा धर्ना दिए छन्। उनीहरुले बिहीवार कालो पट्टि बाँधेर सरकार र राष्ट्र बैंकविरुद्ध आन्दोलन गरेका हुन्। उनीहरुले बैंकहरुले ब्याजदर बढाएको विरोधमा अन्दोलन गरिरहेका छन्।

यसैक्रममा अटो व्यवसायीहरुले यसभन्दा अघि आफ्नो सामाजिक सञ्जालको प्रोफाइल पिक्चर तथा वालमा नाराहरु राखेर अन्दोलन गरेका थिए। त्यस्तै उनीहरुले आफ्नो शोरुम तथा गाडीहरुमा नारा टाँसेर विरोध जनाएका छन् ।

अटोमोबाइलका शोरुम तथा केही गाडीको अगाडि र पछाडि आयात प्रतिबन्ध खोल, गरी खान देऊ, शतप्रतिशत नगद मार्जिनको व्यवस्था खारेज गर, देशमा सरकार छ त, मौद्रिक नीति परिमार्जन गर लगायतका नारा लेखिएका ब्यानर टाँसेर व्यवसायीहरुले विरोध गर्दै आएका छन्।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?