मैत्रीपूर्ण खेलमा अर्जेन्टिना, ब्राजिल, इटाली र चिली विजयी

एजेन्सी । मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको हो  । कप्तान लियोनेल मेस्सीबिना नै मैदान उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जीत निकालेको हो ।

मेस्सीले रसिया विश्वकप पछि राष्ट्रिय टिमबाट खेल खेलका छैन । खेल शुरु भएको २ मिनेटमा नै अर्जेन्टिनाका लागि माउरो इकार्डीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गोल थप्यो । खेलको ८७ औँ मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई २-० को सहज जित दिलाए । 

त्यस्तै मंगलवार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा चिलीले होन्डुरसलाई ४-१ गोल अन्तरले हरायो । चिलीलाई जीत दिलाउन अर्टुरो भिदालले दुई गोतथा एलेक्सिस सान्चेज र निकोलसले समान एक-एक गोल गरे ।

यता कोष्टारिकाले पेरुलाई ३-२ गोल अन्तरले हरायो । मंगलवार राति नै भएका अन्य खेलहरुमा इटालीले अमेरिकालाई १-० गोल अन्तरले, ब्राजिलले क्यामरुनलाई १-० गोलले तथा अल्बानियाले वेल्सलाई १-० गोलले हराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?