मंसिर १६ देखि जोशी हार्इड्रोको १६ लाख ९० हजार कित्ता अार्इपीअो खुल्ने

काठमाडाै : जोशी हार्इड्रोपावर कम्पनीले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४ सय ७० कित्ता अार्इपीअो निष्काशन गर्ने भएयको छ  । अार्इपीअोमा लगानी गर्न र्इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म अावेदन दिन सक्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । 

जोशीले कम्पनीमा कार्यरत कर्मचारीका लागि ५० हजार ७ सय १४ कित्ता (३%), म्युचुअल फण्डका लागि ८४ हजार ५ सय २३ कित्ता (५%) र बाँकी १५ लाख ५५ हजार २ सय ३३ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालार्इ बेच्न लागेको हो । साथै, स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता शेयरसमेत सर्वसाधारणलार्इ बिक्री गर्ने भएको छ । 

पहिलो चरणमा सबै कित्ता अार्इपीअो नबिकेमा जोशीले अावेदन म्याद पुस १६ गतेसम्म लम्ब्याउनेछ । जोशीको अार्इपीअोमा न्युनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म अावेदन दिन सकिनेछ । 

जोशी हार्इड्रोपावरले र्इलाममा अपर पुवा-१ अायोजना निर्माण गरिरहेको छ । अार्इपीअो बिक्रीबाट जम्मा भएको रकम अायोजना निर्माण गर्दा लिएकत्र ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जानकारी दिएको छ । अार्इपीअो बिक्रीपछि जोशीको चुक्तापूँजी ३७ करोड १४ लाख रूपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?