वर्षमान पुनको उपचार शुरु

लोकपथ
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार शुरु गरिएको छ ।

पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टाइनमा उपचार शुरु भएको हो । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताएकी छिन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?