समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने

लोकपथ
221
Shares

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्टि बाहिरिन थालेको छ । प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आज प्रर्दशन गरिने भएको छ ।

प्राइमरी इलेक्सन र बन्द सूचीका नामविपरीत हुने गरी पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसुन्धारास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानुपातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन्।

रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै कलस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?