रास्वपाका प्रवक्ता भन्छन्- ‘भागबन्डाका आधारमा होइन, एजेण्डाका आधारमा राजनीति गर्छौँ’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीले एजेण्डाका आधारमा राजनीति गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रवक्ता ढकालले भागबण्डाका आधारमा नभइ एजेण्डाका आधारमा राजनीति गर्ने बताए ।

उनले भनेका छन्, ‘भागबन्डाका आधारमा होइन, एजेण्डाका आधारमा राजनीति गर्छौँ ।’

अब बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागि हुन्छ वा हुँदैन भन्ने चर्चा चलिरहेका बेला ढकालले आफूहरु भागबण्डाको राजनीति नगर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?