जुवाडे पक्राउ

बाबियाचौर, म्याग्दी ३ कात्तिक ।जिल्ला प्रहरी कार्यालयले सामाजिक विकृतिको रूपमा रहेको जुवा नियन्त्रणलाई तीव्रता दिएको छ ।बेनीका जुवा घरमा छापा मार्ने क्रममा एक हप्तायता तीनवटा जुवाघरबाट २३ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।असोज २८ गते बेनीको पिपलचोकस्थित दिपशिखा होटलमा छापा मार्दा उक्त होटलका सञ्चालक लेखनाथ शर्मा समेत सातजना पक्राउ पर्नुका साथै जुवाको खालबाट रु १३ हजार र चारथान तास बरामद भएको थियो । असोज ३१ गते ९ गलेश्वरस्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुनसहित तास खेलिरहेका नौजना पक्राउ परेका थिए । उनीहरूको साथबाट नगद रू तीन हजार ८०० र चार थान तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कात्तिक १ गते स्थानीय कुमारी पुनको घरमा छापा मार्दा पुनसहित सात जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको र उनीहरूको साथबाट नेपाली नोट, भारतीय नोट र जुवा खेल्न प्रयोग गरिने सिक्का समेत बरामद गरिएको थियो ।पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक नगरेको र उनीहरू राजनीतिक कार्यकर्ता, जनप्रतिनिधिदेखि समाजका वरिष्ठ भनिएका व्यक्तिसमेत रहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?