२३ माघ २०७९, सोमवार

नाङ्गो तार व्यवस्थापनका लागि सांसद पौडेलले थाले पहल : प्राधिकरण प्रमुख घिसिङसँग छलफल

२०७९,मङ्सिर,२१,बुधबार १९:३९

135
Shares

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल शुरु गरेका छन् । यसका लागि पौडेलले बुधवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका हुन ।

पौडेलले प्राधिकरणमा पुगेर प्राधिकरण प्रमुख घिसिङसँग छलफल गर्दै काठमाडौं ५ सहित उपत्यकामा रहेको विद्युतीय तारको समस्या हल गर्न आग्रह गरे ।

भेटमा उनले सबै सडकका पोललाई यथासक्य चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पुर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका थिए ।

जवाफमा निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भईरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकहरूमा साँगुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाइ थियो । तर, तीन वर्ष भित्रमा यो काम सम्पन्न हुने घिसिङको भनाइ थियो ।

निर्देशक घिसिङले समस्या हल गर्न काठमाडौंमा २० ओटा शव–स्टेशन निर्माण गर्ने जसअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेशन निर्माण हुने जानकारी गराएका थिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,२१,बुधबार १९:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८