कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

लोकपथ
65
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ ।

यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक शेयर निश्कासनमा आवेदन दिने व्यवस्था मिलाईएको छ ।

श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक शेयरमा आवेदन दिन सकिने बेंकले जनाएको छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?