चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन नेता पौडेलेको निर्देशन

लोकपथ
143
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।

बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिएका हुन् । उनले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिए ।

उनले विष्णुमति र सामाखुशी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गरे । उनले चक्रपथ बिस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताए ।

उनले स्थानीय समस्याहरुको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक बिस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चावहिलसम्मको कामलाई पनि तत्काल शुरु गर्न आग्रह गरे । उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग पनि आफूहरुले कुरा गर्ने भन्दै चक्रपथ विस्तारलाई छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताए ।

नेता पौडेसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको काम अन्तर्गत कलंकी वसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको बताउनु भयो । उहाँले उपभोक्ताहरुले ढल निर्माणको माग राख्नुभएको र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गरे । उनले आयोजना सम्पन्न गर्नका लागि आवश्यक अन्य कामहरु पनि भइरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?