संसद महासचिवको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट, शुक्रबारका लागि पेसी

लोकपथ
91
Shares

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

महासचिव डा. गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत निकायमा पत्र पठाएका थिए ।

त्यसको कानुनी आधार नभएको र उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेज माग गर्दै सर्वोच्च अदालत बारका पदाधिकारीले रिट दायर गरेका हुन् ।

सर्वोच्चमा परेको रिटमा शुक्रबारका लागि पेसी तोकिएको छ । सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले दर्ता गरेको रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको हो ।

रिटमा संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्दै लेखेको पत्रको कानुनी आधार नभएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?