काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संघीय संसदका महासचिव भरतराज गौतमले संविधानको गम्भीर उल्लंघन गरेकाले उनीमाथि कारबाही हुने जनाएको छ । संसद सचिवालयका कर्मचारीले सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको जनाउँदै उनीमाथि कारबाही हुने बताएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावमा निष्प्रभावी भएको पत्र लेख्ने अधिकार संसदका कर्मचारीलाई नभएको बताए । गुरुङले संसदको सार्वभौम अधिकार र गरेको निर्णयलाई एउटा कर्मचारीले निर्णयमा लैजान नसक्ने बताए ।
‘महाभियोगका बारेमा संविधानले किटानीका साथ प्रतिनिधि सभाले निर्णय गर्नुपर्ने भनेको छ ।’ उनले भने, पुरानो प्रतिनिधि सभा नरहेको र नयाँ गठन भैनसकेको अवस्थामा महासचिवले जसरी पत्राचार गरेका गर्नु गलत मात्रै होइन संविधानमाथिको ‘कु’ नै हो । गुरुङले संविधानको उल्लंघन गरेकाले महासचिव गौतममाथि संसदले कारबाही गर्ने पनि बताए ।
‘उहाँलाई संसदले नै कारबाही गर्छ । संविधान उल्लंघन गरेको अवस्थामा महासचिव गौतम कारबाहीको दायरामा ल्याउनै पर्छ’, गुरुङको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया