धितोपत्र बोर्डद्वारा सनराईज फोकस्ड इक्विटी फण्डलाई स्वीकृती

लोकपथ
39
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराईज फोकस्ड इक्विटी फण्डलाई स्वीकृती प्रदान दिएको छ ।

सनराईज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराईज क्यापिटल लिमिटेड द्वारा व्यवस्थापन गरिने सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराईज फोकस्ड इक्विटी फण्ड योजनालाई मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो ।

योजनाको आकार प्रतिइकाई मुल्य १० रुपैयाँ दरको १२ करोड इकाई गरी जम्मा एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र स्वीकृत गरेको हो । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सनराईज क्यापिटल लिमिटेडले हाल सनराईज फस्र्ट म्युचुअल फण्ड तथा सनराईज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?