बारका अध्यक्ष भन्छन्, ‘संसद सचिवालयका महासचिवले राज्यका निकायको दुरुपयोग गरे’

लोकपथ
39
Shares

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्नु राज्यका निकायको दुरुपयोग भएको नेपाल बार एशोसिएसन अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् । संसद सचिवालयका महासचिवले निलम्बित प्रधान्यायाधीशमाथिको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लेखेपछि सर्वोच्च अदालत परिसरमा पुगेका बार अध्यक्ष घिमिरेले यो मान्य बताएका हुन् ।

उनले संसद सचिवालयका महासचिव उक्त पत्रप्रति जवाफदेही हुने पनि उल्लेख गरे । ‘आगामी संसदमा पेस गर्ने भनेर सभामुखले तोक लगाएको विषयमाथि यसरी पत्र लेख्नु भनेको मजाक गर्नु हो,’ उनले भने, ‘यो कुरा हामीलाई सैह्य हुँदैन ।’

संसद सचिवालयका एकजना कर्मचारीले यस्तो पत्र लेख्नु भनेको राज्यका निकायको दुरुपयोगको गतिलो उदाहरण भएको उनले उल्लेख गरे । ‘नेपाल राज्यभित्रका निकायहरु कतिसम्म दुरुपयोग हुँदा रहेछन् भन्ने यो गतिलो उदाहरण हो,’ उनले भने, ‘यही दुरुपयोगअन्तर्गत यो पत्र लेख्ने काम भयो जो सर्वथा गलत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?