सर्वोच्चको संसद सचिवालयलाई धारावाहिक प्रश्न : ‘निष्प्रभावीका आधार के–के हुन् ?’

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले संसद सचिवालयलाई पत्र लेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोग प्रस्ताव निष्प्रभावीका आधारबारे जवाफ मागेको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णय भन्दै सह–रजिस्ट्रार नारायणप्रसाद रेग्मीले संसद सचिवालयका महासचिवलाई धारावाहिक प्रश्न सोध्दै जवाफ मागेका हुन् ।

सर्वोच्चले लेखेको पत्रमा भनिएको छ, ‘प्रतिनिधि सभामा मिति २०७८ फागुन १ मा दर्ता भएको महाभियोग प्रस्तावको सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेशको भएको भनिएको प्रतिवेदन उपरको कारवाहीको निरन्तरता अहिले कायम छ वा छैन ? नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेश हुने वा नहुने के हो ? उक्त महाभियोग प्रस्ताव तत्कालिन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा, निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ? अथवा महाभियोग लागेका सम्माननीय प्रधानन्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ?’

सर्वोच्चका सह–रजिष्ट्रार रेग्मीले एकपछि अर्को गर्दै संसद सचिवालयका महासचिव भरतराज गौतमलाई सोधको प्रश्नमा अगाडि लेखिएको छ, ‘नव निर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनि उल्लेख गर्नुभएको हो सो कुराको जानकारी तत्काल उपलब्ध गराइदिनुहुन मिति २०७९÷०८÷२१ को पूर्ण बैठकको निर्णय अनुसार अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?