मुख्यमन्त्री केसी र अर्थमन्त्री खड्कासँग अध्यक्ष शाहले गरे भेट

लोकपथ
65
Shares

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण ध्वज खड्कबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दीको विषयमा छलफल भएको थियो ।

यस्तै, भेटमा मन्त्री केसीले लुम्बिनी प्रदेश सरकार नरैनापुर गाँउपालिकाको विकासका लागि नयाँ सरकार गठन पूर्व नै केही महत्वपूर्ण योजना शुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैगरी अर्थमन्त्री खड्काले अध्यक्ष शाह सँगको भेटमा नरैनापुर सबैभन्दा पछाडि परेको पालिका भएकोले नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष प्याकेज ल्याउन जरुरी रहेको बताएका थिए ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले अर्थमन्त्री खड्कासग हुलाकी सडकदेखि रोसन पूर्वा सम्मको रोड र मटेहियादेखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि बजेट माग गरेको बताइएको छ ।

अर्थमन्त्री खड्काले तत्काल दुई सडक मध्य एक सडक निमार्णका लागि बजेट दिने अश्वासन दिएकोे बताउँदै मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरको सडक निमार्णका लागि माग भएको रकम व्यवस्थापन गर्न निर्देशन दिएसँगै सचिव सुबेदीले मटेहिया देखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि चाहिने बजेट एक साता भित्रै पठाउने बताएका थिए ।

अध्यक्षसँगै मन्त्रीलाई भेट्न बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुरका लेखापाल प्रकाश अधिकारीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?