भुजुङमा ‘हनी हन्टिङ’ हुँदै, राजेश हमाल, विजय लामासहित २ सय चर्चित व्यक्तिहरू सहभागी हुने

लोकपथ
39
Shares

काठमाडौं । स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङसहित आयोजना गरेको स्पार्क ‘एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २ सय जना सहभागी हुने भएका छन् ।

मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा, रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २ सय जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराईले जानकारी दिए ।

गायक रामकृष्ण ढकालसहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाल लगायतको सहभागीता रहने भट्टराईले बताए । असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रर्वधन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

मंसिर २२ गते विहान काठमाडौंमा उद्घाटन गरेर भुजुङको यात्रा शुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँको होमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीको मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?