नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त

लोकपथ
52
Shares

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्पीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्ष भन्दाबढी समयको अनुभव छ ।

खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितश मित्तलले स्वागत गरेका हुन् । आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटलरुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिइने बताए ।

विगत १७ वर्षदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेश्नलले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?