जर्मनीमा ‘कू’ को प्रयास, २५ जना पक्राउ

लोकपथ
130
Shares

जर्मनीमा सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको भन्दै २५ जनालाई पक्राउ गरिएको छ । जर्मन प्रहरीले देशका विभिन्न ठाउँबाट उनीहरुलाई पक्रेको हो ।

उग्र दक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरूको समूहले संसद भवन राइक्सटागमा पसेर शक्ति हत्याउने योजना बनाएको दावी गरिएको छ । उक्त षडयन्त्रको मुख्य योजनाकार ७१ वर्षीय ‘राजकुमार हाइनरिक तेह्रौँ’ भनिने व्यक्तिलाई मानिएको छ ।

षडयन्त्रमा उग्रपन्थी राइक्सबर्गर भनिने अभियानका सदस्य सामेल रहेको बताइएको छ । उक्त समूह लामामे समयदेखि हिंसात्मक आक्रमण र जातियतावादी षडयन्त्रका हल्ला फिँजाउन उद्दत रहेको जनाइएको छ ।

आधुनिक जर्मन राज्यलाई समेत अस्वीकार गर्दै आएको उक्त समूह, अहिलेको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माण गर्ने दुस्साहसमा लागेको हो । यो षड्यन्त्रमा उक्त समूहका करिब ५० महिला तथा पुरुष संलग्न भएको अनुमान छ ।

देशभर तीन हजार प्रहरी अधिकारी परिचालन गरी सैन्य ब्यारेकसहित सयौँ परिसरमा छापा मारेर उनीहरु पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?