‘चोलेन्द्रमाथि लगाइएको महाभियोग निष्प्रभावी हुँदैन, जिवितै छ’

लोकपथ
52
Shares

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएकाले निष्प्रभावी नहुने बताएका छन् ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रममा कार्कीले चोलेन्द्र माथिको महाभियोग जिवितै रहेको बताएका हुन् ।

‘चोलेन्द्रमाथिको महाभियोग जिवितै छ,’ उनले भने, ‘नयाँ संसद बैठकमा यसबारे छलफल भएपछि मात्र निर्णयमा पुग्छ ।’

यता, संघीय संसद सचिवालयले भने चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको भन्दै पत्र दिएको थियो । साेही पत्रका आधारमा चोलेन्द्र सर्वोच्च आउने तयारीमा छन् । यद्यपि, नेपाल बार एसोसिएसनले भने चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने भन्दै धर्ना सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?