कतार विश्वकप : गोल्डेन बुटको दाैडमा छन् यी खेलाडी

लोकपथ
585
Shares

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस पटक विश्वका दिग्गज खेलाडी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, फ्रान्सका युवा स्टार केलियन एमबाप्पे इङ्ल्यान्डका कप्तान ह्यारी केन लगायत धेरै खेलाडीबीच भिडन्त हुने भएको छ ।

कतार विश्वकपको प्रि-क्वार्टरफाइनल चरणका खेलहरू सकिएको छ । फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । स्पेन, बेल्जियम, जर्मनी जस्ता बलिया टोलीहरु कतार विश्वकपबाट बाहिरिसकेका छन् ।

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनसँगै फ्यानहरूले फिफा विश्वकपमा आफ्ना आइडलले पाउने अवार्डमाथि पनि नजर राख्छन्। यसैमध्ये एक हो, गोल्डेन बुट। गोल्डेन बुट सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइन्छ।

घानाविरुद्धको गोलसँगै रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । तर, त्यसपछि उनले अंक तालिकामा नाम दर्ता गराउन सकेनन् । उनी गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् । किलियन एम्बाप्पे यस दौडमा सबैभन्दा अगाडि छन्। उनले चार खेलमा पाँच गोल गरेका छन् ।

एम्बाप्पे बाहेक इंग्ल्यान्डका मार्कस रासफोर्ड, स्पेनका कान्सेलो रामोस पनि गोल्डेन बुटको दौडमा रहेका छन् । यसैबीच, अनुभवी लियोनल मेस्सीले पनि ३ गोल सहित निरन्तर प्रतिस्पर्धामा छन्।

यस्तो छ सूची : 

केलियन एमबाप्पे : 

kylian

फ्रान्सका २३ वर्षिय खेलाडी केलियन एमबाप्पे अहिले कतारमा जारी फिफा विश्वकपको गोल्डेन बुट जित्ने दौडमा रहेका छन् । उनले हालसम्म पाँच गोल गरिसकेका छन् । एमबाप्पेले नै हालसम्म सबै भन्दा बढी गोल गरेका छन् । यद्यपी, गोल्डेन बुटको दौडमा रहेर चर्चा कमाएका एमबाप्पेले आफू कतारमा उत्कृष्ट खेलाडी वा सर्वाधिक गोलकर्ताको अवार्ड जित्न नआएको र विश्वकप जित्न आएको पनि बताएका छन् ।

 गोन्कालो रामोस

क्रिष्टियानो रोनाल्डोले यस प्रतियोगितामा एक गोल मात्रै गरेका भएपनि पोर्चुगल टोलीका ब्रुनो फर्नान्डिसले अहिलेसम्म दुई गोल गरिसकेका छन् ।

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता : RajdhaniDaily.com

त्यस्तै, गोन्कालो रामोस स्विट्जरल्याण्डविरुद्ध आफ्नो टोलीका लागि नयाँ नायक बनेका छन्। कतार विश्वकप भन्दा पहिले उनको नाम बिरलै सुनिने गरिएको थियो । २१ वर्षीय रामोसले रोनाल्डोको ठाउँमा खेल शुरु गरेर ह्याट्रिक गरेका छन् ।

रिचार्लिसन

रिचार्लिसन चम्किदा ब्राजिलको विजयी सुरुआत

ब्राजिलियन फुटबलरले सर्बियाविरुद्धको खेलमा उत्कृष्ट गोल गर्दै सबैको ध्यान खिचेका छन् । रिचार्लिसनले त्यो खेलमा दुई पटक गोल गरे, जसले प्रतियोगितामा ब्राजिलको प्रभुत्व स्थापित गर्यो। उनले दक्षिण कोरियाविरुद्ध फेरि गोल गरे र अहिले गोल्डेन बुटको दावेदार बनेका छन् ।

ओलिभर जिराउड

Giroud becomes France's second top scorer in Ukraine rout | Sports | China Daily

ओलिभर जिराउडले राउन्ड अफ १६ मा पोल्याण्डविरुद्ध गोल गरे । थियरी हेनरीको लामो समयको कीर्तिमानलाई पछि गर्दै उनी फ्रान्सको सबै समयको प्रमुख गोलकर्ता बने । तीन गोल गरेका जिराउड अब गोल्डेन बुट जित्ने दौडमा छन्।

बुकायो साका

England Beat Senegal Fifa World Cup Henderson Harry Kane Bukayo Saka Scores Will Face France In Quarter Finals - Fifa World Cup: इंग्लैंड ने अफ्रीकी चैंपियन सेनेगल को हराकर क्वार्टर फाइनल में

बुकायो साका इंग्ल्याण्डका लागि सबैभन्दा कान्छो गोलकर्ता बने। तीन गोलगरेका साकाअब गोल्डेन बुट जित्ने दौडमा छन्।

लिओनेल मेस्सी

Argentina v Australia

हालसम्म तीन गोल गरेका अर्जेन्टिनाका स्टार लिओनेल मेस्सी गोल्डेन बुट जित्ने दौडमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?