वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले १८ जना जोडीलाई सौराहा घुमाउने

लोकपथ
39
Shares

काठमाडौं । सानिमा बैंकले बुधवार (आज) १८ औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न योजनाहरु लिएर आएको बताएको छ । जसमध्ये बैंकले (एफवान सफ्ट) सँगको सहकार्यमा मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको जानकारी दिएको हो ।

सार्वजनिक उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने बताइएको छ ।

कारोबारहरु २ सय रुपैयाँ भन्दाबढी र कम्तिमा एउटा टपअप समावेश हुनुपर्ने उल्लेख गरिएको छ । ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्ने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए ।

यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुने र योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने बताइएको छ । योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?