चोलेन्द्र फर्किने हल्लाले सर्वोच्चमा खैलाबैला, वकिलको धर्ना

लोकपथ
21
Shares

काठमाडौं । संघीय संसद सचिवालयको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको रुपमा सर्वोच्च फर्किने तयारी गरेपछि वकिलहरुले धर्ना दिएका छन् । बुधबार संसद सचिवालयका महासचिव डा. रोजनाथ पाण्डेले उनले काम गर्न नपाउने निष्प्रभावी हुने पत्र पठाएसँगै जबरा सर्वोच्च फर्किने तयारी गरेका हुन् ।

उनी फर्किने तयारी गरेसँगै सर्वोच्च परिसरको सुरक्षाव्यवस्थामा समेत कडाइ गरिएको छ । यता सर्वोच्च बार लगायत बार एशोसियसनले धर्ना दिएको छ । यसअघि सर्वोच्च गएका जबरामाथि घेराबन्दी भएपछि आज भने उनी उच्च सुरक्षासहित सर्वोच्च प्रवेश गर्न लागेको उनी निकट स्रोतले जनाएको छ ।

संवैधानिक भूमिका बिर्सिएर केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा कार्यपालिकाका विभिन्न निकायहरुमा आफ्ना मान्छे नियुक्ति गराएको आरोप उनीमाथि लागेको छ । २०७८ साल फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले जवराले पदीय मर्यादा भुलेको भन्दै महाअभियोग दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?