यस्तो छ संसद सचिवालयले चोलेन्द्रलाई दिएको पत्र

लोकपथ
195
Shares

काठमाडाैं । संघीय संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग निप्रभावी भएको जनाएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. रोजनाथ पाण्डेले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत सम्बन्धित निकायलाई जानकारी दिँदै पत्र पठाएका हुन् ।

२०७८ फागुन १ गते राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव नयाँ प्रतिनिधि सभाको निर्वाचन समेत भइसकेको अवस्थामा निष्क्रिय राणाले काम गर्न नपाउने भन्ने विषय निप्रभावी भएको बताइएको छ ।

त्यसो त यसअघि मंगलबार राणाले आफूलाई काम गर्ने वातावरण बनाउन भन्दै संसद सचिवालयलाई पत्र लेखेका थिए ।

राणा आगामी मंसिर २७ गते नियमित अवकाश हुँदैछन् । संसद सचिवालयको पत्र पाएसँगै राणा आजै सर्वोच्च जाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?