कतार विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

लोकपथ
507
Shares

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएसँगै अब क्वाटरफाइनल खेल्ने ८ टोलीको टुङ्गो लागेको हो ।

फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । स्पेन, बेल्जियम, जर्मनी जस्ता बलिया टोलीहरु क्तार विश्वकपबाट बाहिरिसकेका छन् ।

प्रि-क्वाटरफाइनल खेलमा के-के भयो ?

अमेरिकालाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

पोल्याण्डलाई १–० गोल अन्तरले पाराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

सेनेगललाई ३–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड कतार क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

दक्षिण कोरियालाई ४-१ गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

जापानलाई पेनाल्टि शुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।

स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

अब हुने क्वाटरफाइनलका खेल : 

Image

क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?