केशर पुस्तकालयका महत्वपूर्ण कागजपत्र किन घाममा सुकाईन्छ ?

लोकपथ
65
Shares

काठमाडौं । आगनभर कितावै किताव । केही धमिराले खाएको अवस्थामा । केही पानीले भिजेर टुक्रा टुक्रा परेर अवशेष मात्र । यी कागजात सामान्यखालका भने होइनन् । नेपालको इतिहास बोकेका महत्वपूर्ण दस्तावेज आजभोली केशर पुस्तकालयको आगनमा दिनभर सुकाईन्छ ।अनि बोरामा पोको पारेर राखिन्छ । मानौ ति कुनै काम नलाग्ने अवस्थामा पुगिसकेका हुन् । तर, केशर पुस्तकालयमा रहेका यी महत्वपूर्ण मात्र नभएर ईतिहास बोकेका समेत कागजात यसरी नै दिनहुँ घाममा सुकाईन्छ ।

बोरामा पोको पारेर राख्दा पानीले भिजेर बिग्रिसकेका कागजात केशर पुस्तकालयले दिनभर घाममा सुकाउन थालेको हो ।

केशर पुस्तकालय पुनर्निर्माणको ठेक्का जेटसीजी आई जेभी निर्माण कम्पनीले पाएको छ। सो कम्पनीबाट केशर पुस्तकालयपुनर्निमार्णमा प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत नरकान्त सापकोटाले हाल एनओसी लेटर र पुराना कागजपत्रहरु अहिले बाहिर रहेको बताए। तीन वर्षदेखि पुस्तकालयको एक कुनामा राखिएका ती कागजपत्रहरु पानी परेर भिजिएको र लिच्चड निस्कन थालेपछि घाममासुकाउनका लागि बाहिर राखिएको उनले बताए।

ऐतिहासिक, पुरातात्विक, राजनीतिक, धार्मिकलगायत करिब ६० हजार पुस्तक भएको केशर पुस्तकालय ऐतिहासक हो ।  २०७२सालको भूकम्पले केशर पुस्तकालय रहेको भवनमा क्षति पुगेपछि अझै पुनर्निर्माणको काम हुन सकेको छैन् । जसले गर्दा त्यहाँभित्र रहेकापुस्तकहरु जोखिममा परेका हुन् ।

पुस्तकालयको व्यवस्थापन गर्न नसक्दा पुस्तकालयमा गएर पढ्ने पाठकलाई समेत समस्या परेको छ । यहाँ भएका महत्वपूर्ण कागजातनष्ट भएर जाने चिन्ता सबैमा देखिन्छ ।   उक्त पुस्तकालयमा विश्वमै कहि कतै नभएका पुस्तक समेत राखिएको छ । तर, संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।

‘युनेस्कोको मेमोरी अफ द वल्र्ड रजिष्टर’ मा सूचीकृत दुईमध्ये एक पुस्तक केशर पुस्तकालयमा राखिएका छन् । युनेस्कोले सन् २०१३मा केशर पुस्तकालयको ‘सुश्रुतासंहिता’ र राष्ट्रिय अभिलेखालयमा रहेको ‘निश्वासतत्वसंहिता’ लाई सूचीकृत गरेको थियो । दुवै पुस्तक नवौं शताब्दीका हुन् ।

त्यस्ता खालका महत्वपूर्ण दस्तावेश बोरामा राखिएका छन् भने, पानीले ओस्सिएर दिनभर घाममा सुकाउनु पर्ने अवस्था आएको छ ।३४ रोपनी क्षेत्रफलसहितको पुस्तकालय सन् १८९५ मा चन्द्र शमशेरले छोरा केशर शमशेरलाई युरोपियन शैलीमा बनाइदिएका थिए ।

यस पुस्तकालयमा हाल पुरातात्विक सामग्रीसहित हस्तलिखित ग्रन्थहरू समेत छन् । युनेस्कोले सूचीकृत गरेको सुश्रुसंहितासहित हस्तलिखित–ग्रन्थहरू ६७५ थान, एक थान किताबी फर्मको क्याटलगसहित अहिलेसम्म क्याटेगोराइज्ड नभएका केही हस्तलिखित ग्रन्थहरू समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?