एमाले केन्द्रीय कार्यालय बैठक दिउँसो १ बजे बस्दै

लोकपथ
26
Shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ । उनले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाइने बताए ।

एमाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजयी भएको छ भने समानुपातिकतर्फ पहिलो दल बनेको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ ।

एमालेले समानुपातिकतर्फ सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ । निर्वाचनको समीक्षा गर्न एमालेको केन्द्रीय बैठक पहिलो पटक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?