पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

लोकपथ
78
Shares

सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे ।

समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्र्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्र्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पुर्‍याइने उल्लेख छ । यो सेवा सो नगरपालिकावासीको निम्ति भएको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?