आज सुनचाँदीको मूल्य यथावत्

लोकपथ
26
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।  यसैगरी चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ । मंगलबार १३५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?