दीपिका पादुकोणले विश्वकपमा ट्रफी अनावरण गर्ने

लोकपथ
91
Shares

काठमाडौं । भारतीय सुपरस्टार दीपिका पादुकोण बलिउडकी उत्कृष्ट अभिनेत्री हुन् । उनले हिन्दीसँगै हलिउड फिल्ममा पनि नाम कमाएकी छन् । दीपिकाले कान्स फिल्म फेस्टिभलमा भारतको प्रतिनिधित्व गरेकी थिइन् । यो खबरले पनि उनी निकै चर्चामा थिइन् । दीपिकाले कतारमा जारी फिफा विश्वकपमा दीपिका ठूलो जिम्मेवारी पाएको खबर बाहिरिएको छ ।

यतिबेला सारा विश्वलाई विश्वकपको लागेको छ । सबैले आफ्नो मनपर्ने टोलीलाई समर्थन गरिरहेका छन्। योसँगै नोरा फतेही पछि उनी दीपिका फिफा विश्वकपमा देखिने भएकी छिन् । कतारमा जारी फिफा विश्वकपमा ट्रफी अनावरण गर्ने जिम्मेवारी दीपिका पादुकोणलाई दिइएको छ ।

फिफा विश्वकप ज्ञड डिसेम्बर १८ मा अनावरण हुनेछ। यसका लागि दीपिका छिट्टै कर्ता प्रस्थान गर्दैछिन् । यद्यपी यस विषयमा अहिलेसम्म कुनै आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?