स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

लोकपथ
715
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा पोर्चुगलले जित हात पारेको छ । लुसिल स्टेडियममा भएकाे खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराएको हो ।

खेलको १७ औं मिनेटमा कान्सेलो रामोसले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५० हौं मिनेटमा कान्सेलो रामोसले दोस्रो गोल गरे ।  ५७ औं मिनेटमा स्विट्जरल्यान्डका आकान्जिले गोल फर्काएका थिए । खेलको ६५ औं मिनेटमा कान्सेलो रामोसले गोल गर्दै ह्याट्रिक गरे ।  राफेल लिओले खेलका् ९१ औं मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?