स्पेनलाई ३–० गोल अन्तरले हराउँदै मोरक्को क्वार्टरफाइनलमा

लोकपथ
286
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गतको खेलमा स्पेन मोरक्कोसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ३–० गोल अन्तरले हराउँदै मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?