वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण हुन्छ : महासचिव भुसाल

लोकपथ
52
Shares
kf6L{ k|j]z ub}{ /fhLj u’?ª sf7df8f}F, @) dªl;/ M dgfª lhNnf k|b]z;eftkm{ If]q g+ @ af6 :jtGq ?kdf lgjf{lrt /fhLj u’?ª -bLks dgfË]_ g]kfn sDo’lg:6 kf6L{ PsLs[t -;dfhjfbL_ kf6L{ k|j]z ub}{ . ;dfhjfbLsf] s]G›Lo sfof{nodf ePsf] sfo{qmddf pxfFn] kf6L{ k|j]z ug{‘ePsf] xf] . tl:a/ M d]3gfy kxf8L÷/f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरतका कायम गर्ने बताए ।

उनले अबका केही सातामा बन्ने नयाँ सरकारले राष्ट्रको विकासका साथै जनताको सामाजिक रुपान्तरणका लागि योजनाबद्ध रुपमा सशक्त कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे । यसैबीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई औपचारिक समारोहमा पार्टीमा स्वागत गरिएको थियो ।

मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र रुपमा उम्मेदवार दिएका गुरुङ निर्विरोध निर्वाचित भएका थिए । उनले पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शप्रति आफ्नो आकर्षण भएकाले उक्त सङ्गठनमा आबद्ध भएर जनसेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

जनताको आर्थिक तथा सामाजिक सेवामा सक्रिय हुन स्वतन्त्र सदस्य एक्लै नभई सङ्गठन वा पार्टीमा आबद्ध भएर जानुपर्ने भएकाले पनि आफू एकीकृत समाजवादी पार्टीमा निःशर्त औपचारिक रुपमा प्रवेश गरेको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?