१३ मङ्सिर २०८०, बुधबार

एमाले र माओवादीले मिलाए सिटमा भागबण्डा (सूचिसहित)

२०७४,कार्तिक,३,शुक्रवार ०६:३६

0
Shares

काठमाडौं, ३ कात्तिक–प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति जुटेको छ ।सहमतिअनुसार प्रतिनिधिसभातर्फ १७ जिल्लामा एमालेले एकलौटी चुनाव लड्नेछ । जसमा माओवादी केन्द्रले उम्मेदवार खडा नगरी सघाउने छ । यस्तै १२ जिल्लामा नेकपा माओवादी केन्द्रले एकलौटी रुपमा उम्मेदवार उठाउने छ भने ती जिल्लामा एमालेको समर्थन रहनेछ ।यस्तै ३ जिल्ला दुई पार्टीले भागबण्डा गरेका छन् । भाडबण्डा गरिएका जिल्लाहरु मध्ये सिन्धुपाल्चोक–२, नुवाकोट–२ र बागलुङ–१ मा एमालेले आफ्नो उम्मेदवार उठाउने छ । यस्तै नुवाकोट १ सिन्धुपाल्चोक १ बागलुङ २ मा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाउने छ ।माओवादीको समर्थनमा एमालेले एकलौटी रुपमा उम्मेदवार उठाउने जिल्लामा डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला, मनाङ, मुस्ताङ, म्याग्दी, पाँचथर, संखुवासभा, ओखरढुंगा, खोटाङ, दोलखा, रसुवा र धादिङ रहेको छ ।यस्तै एमालेको समर्थनमा माओवादीले एकलौटी रुपमा उम्मेदवार खडा गर्ने जिल्लामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, गोरखा, रोल्पा, रुकुम पूर्व, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, र पश्चिम रुकुम रहेको छ ।आगामी निर्वाचनमा दुई तिहाई ल्याउने उद्देश्यसहित दुई पार्टीबीच दशैंमा गठबन्धन बनेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ०६:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८