स्विट्जरल्याण्डमाथि जित हात पार्न पोर्चुगललाई कति सहज ?

लोकपथ
182
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा आज पोर्चुगल र स्विट्जरल्यान्ड भिड्दै छन् । पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल लुसिल स्टेडियममा नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज दुवै टिम पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने दाउँमा छन् ।

पोर्चुगल र स्विट्जरल्यान्डको हेड टु हेड :

पोर्चुगल र स्विट्जरल्यान्डबीच विश्वकपमा पहिलो पटक आमने सामने हुने भएका छन् । यसअघि यी दुई टोलीको विश्वकपमा भेट भएको भनै छैन ।

तर, पोर्चुगल र स्विट्जरल्यान्डबीच हालसम्म २५ खेल भएको छ । जसमा पोर्चुगलले ९ खेल जितेको छ भने स्विट्जरल्यान्डले ११ खेलमा जित हात पारेको छ । दुई टोलीले ५ खेल बराबरीमा सकाएकका छन् ।

शुरुवाती-११

पोर्चुगल : डियोगो कोस्टा, जोआ कान्सेलो, रुबेन डायस, पेपे, राफेल गुरेरियो, रुबेन नेभेस, विलियम कार्भाल्हो, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, क्रिस्टियानो रोनाल्डो

स्विट्जरल्यान्ड : यान सोमर, सिल्भान विडमर, निको एल्वेदी, म्यानुअल एकान्जी, रिकार्डो रोड्रिग्ज, रेमो फ्र्युलर, ग्रानिट झाका, मोहमेथ सो, रुबेन भार्गास, जेर्दान शाकिरी, ब्रेल ईम्बोलो

प्लेयर्स टु वाच :

पोर्चुगल : क्रिस्टियानो रोनाल्डो
स्विट्जरल्यान्ड : ब्रेल इम्बोलो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?