मोरक्को भर्सेस स्पेन : कसले मार्ला बाजी ?

लोकपथ
130
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गतको खेलमा आज मोरक्को र स्पेन भिड्दै छन् । मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।

यस्तो छ हेड टु हेड :

मोरक्को र स्पेनबीच हालसम्म तीन पटक भेट भएको छ । भएको तीन भेटमा स्पेनले दुई खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

सुरुआती-११

मोरक्को- यासिन बोनौ, अच्राफ हाकिमी, नायफ अगुएर्ड, रोमेन साइस, नौसैर माजरौई, अब्देलहामिद साबिरी, सोफ्यान अम्राबात, एजेदिन ओनाही, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल

स्पेन- युनाई सिमोन, जोर्डी अल्बा, एमेरिक लापोर्टे, रोड्री, सेजर एजपिलिकुएटा, पेड्री, सर्जियो बुस्केट्स, गाभी, फेरान टोरेस, मार्को एसेन्सियो, डानी ओल्मो

प्लेयर्स टु वाच :

मोरक्को : हाकिम जिएच
स्पेन : फेरान टोरेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?