रवीन्द्र मिश्रले सार्वजनिक गरे साढे २४ लाख चुनाव खर्च

लोकपथ
52
Shares

काठमाडौं । काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका हुन् । उनले ०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् ।

०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए । चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।

उनले निर्वाचनमा करोडौं करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्नेसमेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?