बुटवलमा रहेको मुख्यमन्त्रीको कार्यालय रातारात दाङमा

लोकपथ
507
Shares

बुटवल । बुटवलमा रहेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्निचर लगायत सचिवालयका सामानहरु आज रातारात दाङ सारिएको हाे । स्थायी पूर्वाधार बनाएर मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका समयमा पनि मुख्यमन्त्री कार्यालयले सामानहरु दाङ सारेको हो ।

अब बुटवलमा रहेको मुख्यमन्त्रीको कार्यालयबाट हुने सम्पूर्ण कामकाज दाङबाट हुने प्रदेश सरकारले जनाएको छ । रातको समयमा तीन वटा ट्रकमा सामान लोड गरी राति नै दाङ सारिएको हो । ३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो ।

सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु लिला गिरी,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी समेत दिएका समाचारहरु बहिर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?