१३ मङ्सिर २०८०, बुधबार

पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आयो-प्रधानमन्त्री देउवा

२०७४,कार्तिक,३,शुक्रवार ०६:१८

0
Shares

भक्तपुर, ३ कात्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन ।मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन ।प्रधानमन्त्री देउवाले भने-“हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छाँै, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौ ।”व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवद्र्धक साख्वाको योगदानको चर्चा गर्दै उहाँले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको पनि बताए ।प्रधानमन्त्री देउवाले शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गर्नुभएको थियो । त्यसैगरी प्रतिष्ठानले गोरखा र दोलखाका चरिकोटमा शंखधर साख्वाको सालिक स्थापना गर्नका लागि ती सालिक हस्तान्तरण गरे ।रक्षामन्त्री भीमसेनदास प्रधानले साख्वाका बारेमा पाठ्यक्रममा समावेश गर्न र आसन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, एमालेका कृष्णगोपाल श्रेष्ठ, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठ, उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा लिनुपर्नेमा जोड दिए ।विभिन्न झाँकी तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले देशको सबै जिल्लामा शंखधर साख्वाको सालिक स्थापना गरिने जानकारी दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ०६:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८