तत्काल एमालेसँग मिलेर जाने सम्भावना छैन : भानुभक्त जोशी (भिडियोसहित)

लोकपथ
4.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं बझाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद भानुभक्त जोशीले तत्काल एमालेसँग मिलेर जाने सम्भावना नरहेको बताएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै पूर्वमन्त्री समेत रहेका जोशीले अब बन्ने सरकारमा एमालेसँग मिलेर जाने सम्भावना नरहेको बताएका हुन् ।

त्यसैगरी उनले नेकपा एमालेसँगको पार्टी विभाजनलाई पनि कार्यकर्ताले नपत्याएको बताए ।

किन हामीले सोचेजस्तो परिणाम ल्याउन सकेनौं ? भन्नेमा समीक्षा गरिने भन्दै उनले समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा प्रश्न उठेको उल्लेख गरे ।

गठबन्धन बने पनि छोटो समयमा चुनावी मैदानमा होमिनु पर्दा व्यवस्थापनमा निकै कठिनाई भोग्नु परेको भन्दै उनले सबै पार्टीका टिकट आकांक्षीलाई मिलाउन नसक्दा पनि परिणाम सोचेजस्तो नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?