विश्वकपमा आज : राउण्ड अफ १६ का अन्तिम दुई खेल हुँदै

लोकपथ
105
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।

मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेन भिड्दै छन् । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बनेको थियो ।

त्यस्तै, दोस्रो खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि-क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यस खेल राति १२:४५ बजे शुरु हुनेछ ।

लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ ।पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?