समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन दलले कति मत पाए ?

लोकपथ
168
Shares

काठमाडौं । सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ।  २८ लाख १४ हजार ६५५ मत प्राप्त गर्दै एमाले पहिलो स्थानमा रहेकाे छ।

यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ भने ११ लाख ६४ हजार १०२ मत ल्याउँदै माओवादी तेस्रो स्थानमा रहेको छ।

यस्तै चौथो रहेको राष्ट्रिय स्वतन्त्र दलले ११ लाख २४ हजार ७७८ मत पाएको छ भने ५ लाख ८६ हजार ८१६ मत ल्याउँदै राप्रपा पाँचौं स्थानमा छ। यस्तै जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।  जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोट ल्याउँदै सातौं स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?