पेनाल्टिमार्फत जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

लोकपथ
104
Shares

काठमाडौं । क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको राउण्ड अफ–१६ अन्तर्गतको खेलमा जापानलाई हराउँदै क्रोएसियाले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

कतारको अल जानुब स्टेडियममा सम्पन्न खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पनि दुवै टोलिबाट गोल हुन् नसकेपछि खेलको निर्णय पेनाल्टि शुटआउटमार्फत गरिएको हो । जसमा क्रोएसियाले ३ तथा जापानले १ गोल मात्र गर्न सक्यो ।

निर्धारित ९० मिनेटको समय दुवै टोलिले समान १–१ गोलको बराबरी खेलेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो ।

खेलको ४३ औँ मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् ।

तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो । खेलको ५५ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा उत्कृष्ट गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?