२३ माघ २०७९, सोमवार

सुकुम्बासीका लागि विकल्पसहित समाधान खोजिने छ : मन्त्री चौधरी

२०७९,मङ्सिर,१९,सोमवार २१:५०

18
Shares

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

सोमवार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले आश्वस्त पार्दै भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नै पर्छ । हामी विकल्प खोज्दै छौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु । तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु । तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस् ।’

सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनु परेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्री समक्ष आग्रह गरेको थियो ।

मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्टको व्यवस्था, ठुला परिवारको लागि ठाँउको खोजि गरि घर बनाउन सुरु गर्ने बताए । व्यवस्था नहुन्जेलसम्मका लागि उनीहरुको घर भाडा सरकारले तिरिदिने पनि मन्त्री चौधरीको भनाइ थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१९,सोमवार २१:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८