नेपाल एसबिआई मर्चेन्टको सातौं वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
13
Shares

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनिले सोमवार नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय केशरमहल काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको कम्पनीले जानकारी दिएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवम् निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?